गृहपृष्ठ /समाचार / विद्युत सर्ट हुँदा काभ्रेका ४ पसलमा आगलागी

विद्युत सर्ट हुँदा काभ्रेका ४ पसलमा आगलागी

काभ्रे । विद्युत सर्ट हुँदा एउटै घरको चार सटर पसलमा आगलागी भएको छ। शुक्रबार बिहान काभ्रे जिल्लाको पाचखाल नगरपालिका(४ समाजकल्याण चोकस्थित उद्धवप्रसाद तिमलसिनाको घरको सटरमा अचानक विद्युत सर्ट भइ आगोलागी भएको प्रहरीले जनाएको छ।

आगलागीमा सोही घरमा रहेका ९ सटरमध्ये ४ वटा कपडा पसल पूर्ण रुपमा जली नष्ट भएको ३ वटा होटल १ मोबाइल पसल, १ मासु पसल सटरमा अंशिक क्षति भएको मानवीय क्षति नभएको बताइएको छ।

उक्त आगलागी घटना नेपाल प्रहरी एवम् स्थानीय र दमकलको सहयोगमा ७ बजे नियन्त्रणमा आएको थियो। क्षतिको विवरण एकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।